जिल्ला सहकारी संघ लिमिटेड ललितपुर                        Call : 977-015422381  Email :- dcoopulalitpur@gmail.com

सहकारीको वार्षिक सम्बन्धित तालिम सम्पन्न

सहकारीको वार्षिक खाताबन्दी सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न

 

जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा "सहकारीमा वार्षिक खाताबन्दी" विषयक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा सहभागी सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समिति, व्यवस्थापक, लेखा कर्मचारी तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले वार्षिक खाताबन्दी, वित्तीय विवरण तयारी, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तयारी, कर्जा व्यवस्थापन तथा प्रचलित कानुनी व्यवस्थासम्बन्धी विषयमा व्यावहारिक जानकारी हासिल गर्नुभएको थियो।

कार्यक्रममा सक्रिय सहभागिता जनाई तालिमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

यस प्रकारका क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूबाट सहकारी संस्थाको सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा दिगो वित्तीय व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास लिएका छौं।

 

धन्यवाद 

सम्पर्क

Lalitpur-14, Mahalaxmisthan
Phone No:977-015422381
Email: dcoopulalitpur@gmail.com
dcoopulalitpur@gmail.com

उद्देश्य

(क) संघको कार्यक्षेत्र भित्रका संस्था तथा विषयगत संघको विकास तथा प्रवद्र्धन गर्ने ।
(ख) आफ्ना सदस्य संस्था विषयगत संघको व्यवसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने ।
(ग) सदस्य संस्था विषयगत संघको बीच सहयोग र समन्वय कायम गर्ने ।

दुरदृष्टि

सहकारी संघ÷संस्थाहरुलाई सुदृढिकरण गरि व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने ।