
सहकारीको वार्षिक खाताबन्दी सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न
जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा "सहकारीमा वार्षिक खाताबन्दी" विषयक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिममा सहभागी सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समिति, व्यवस्थापक, लेखा कर्मचारी तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले वार्षिक खाताबन्दी, वित्तीय विवरण तयारी, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तयारी, कर्जा व्यवस्थापन तथा प्रचलित कानुनी व्यवस्थासम्बन्धी विषयमा व्यावहारिक जानकारी हासिल गर्नुभएको थियो।
कार्यक्रममा सक्रिय सहभागिता जनाई तालिमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यस प्रकारका क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूबाट सहकारी संस्थाको सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा दिगो वित्तीय व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास लिएका छौं।
धन्यवाद