जिल्ला सहकारी संघ लिमिटेड ललितपुर                        Call : 977-01-5522381  Email :- letter.dcu@gmail.com

उद्यमशिलता तथा सहकारी विकास कार्यक्रम सम्पन्न

 

 

जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको वार्षिक कार्यक्रम अनुरुप मिति २०७५ साल कार्तिक २८ गते देखी मंसिर २ गते सम्म ५ दिने निशुल्क उद्यमशिलता तथा सहकारी विकास तालिम कार्यक्रम सम्पन्न भयाे। यस तालिम कार्यक्रम जनभावन क्याम्पसको तालिम हलमा संघको अध्यक्ष श्री माघव दुलाल ज्यूको अध्यक्षतामा उद्घाटन गरियो । कार्यक्रमको उद्घोषक संघका सञ्चालक श्री शिशिधर पोखरेलज्यूले गर्नु भएको थियो ।

कार्यक्रममा चापागाँउको सहकारीहरुबाट सञ्चालक, व्यवस्थाप तथा सदस्यहरु सहभागि हुनु भएको थियो । सहकारी मार्फत आफ्ना सदस्यहरुलाई उद्यमशिल बनाइ दिगो आर्थिक विकासमा स्वयम् सदस्यहरुलाई स्वलम्बन बनाउने तथा सहकारी पदति मार्फत सहकारी व्यावसाय विकास गर्न कसरी सकिन्छ? भन्नेबारेका तामिममा सहभागीहरुलार्ई यस कार्यक्रमका प्रशिक्षक राष्ट्रिय सहकारी महासंघका वरिष्ठ प्रबन्धक श्री गोपिकृष्ण भण्डारी र अनुभूति नेपालकी निर्देशक विष्णु जोशीज्यूले प्रशिक्षण दिनु भयो । 
यस तालिम कार्यक्रममा चापागाँउ क्षेत्रका विशेषत कृषि सहकारी, महिला सहकारी, च्याउ सहकारी, बहुउद्देश्यीय सहकारी र बचत तथा ऋण सहकारी संस्थाबाट २६ जना सहभागिहरु तालिमका सहभागी हुनु भयाे । ५ दिनको तालिम कार्यक्रममा सहभागीहरुलाई कसरी उद्यमशिल बनाउने, उनिहरुलाई कसरी व्यवसाइ स्थापना तथा सञ्चालनका लागि उत्प्रेरण गर्ने भन्ने सम्बन्धमा प्रशिक्षकहरुले सहजकर्ताको भूमिका निबार्ह गर्नु भयाे । 

तालिम कार्यक्रमको अन्तीम दिन यस संघको उपाध्यक्ष श्री रामशरण बस्नेतज्यूको अध्यक्षतामा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरि आफ्ना मन्तब्य प्रस्तुत गर्नु भयो । तलिम हल उपलब्ध गराई दिनु भएकोमा जन भावन क्याम्पसलाई विषेश धन्यवाद ज्ञापन गर्दै तालिमबाट सिकेजानेका ज्ञानहरु सहभागीहरुले व्यवहारमा उतार्न सक्नु हुने छ भन्ने विश्वासका साथ  श्री रामशरण बस्नेतज्यूले कार्यक्रम समापन गर्नु भयाे ।
 

सम्पर्क

Lalitpur-14, Mahalaxmisthan
Phone No:977-01-5522381
Email: info@dcul.org.np
letter.dcul@gmail.com
dculalitpur@hotmail.com

उद्देश्य

(क) संघको कार्यक्षेत्र भित्रका संस्था तथा विषयगत संघको विकास तथा प्रवद्र्धन गर्ने ।
(ख) आफ्ना सदस्य संस्था विषयगत संघको व्यवसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने ।
(ग) सदस्य संस्था विषयगत संघको बीच सहयोग र समन्वय कायम गर्ने ।

दुरदृष्टि

सहकारी संघ÷संस्थाहरुलाई सुदृढिकरण गरि व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने ।