FacebookTwitterLinkedin
  • one
  • 2
  • 3
  • 4

   सहकारीको अवधारण (co-operative concept)

     सहकारीको परिभाषा र भनाईहरु ः

   सहकारी भनेको सरल भाषामा मिलेर काम गर्नु भन्ने बुझिन्छ । तर सबै मिलेर  गरेको  सबै  कार्यलाई  सहकारिताका  आधारमा भएको  सहकार्य  भन्न मिल्दैन । सहकारी हुनलाइ सहकार्यमा सबैकोे  उद्देश्य  एक  हुनु पर्छ । उद्देश्य  एकै  हुनलाई  पेशागत  समानता,  पूँजीगत समानता,  सोचाई  र  दृष्टिकोणमा  समानता  जस्ता  पक्षहरू  महत्वपूर्ण  मानिन्छन् ।  

     अन्तर्राष्ट्रिय सहकारी महासंघले १९९५ मा परिभाषित गरे अनुसार

   सहकारी संस्था संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने ब्यवसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकता र आकाँक्षा पूर्ति गर्न स्वेच्छाले संगठित भएका ब्यक्तिहरुको स्वायत्त संस्था हो ।

   सहकारीको सम्बन्धमा अन्तर्राष्ट्रिय सहकारी महासंघले १९९५ मा परिभाषित गरे अनुसार –"A Cooperative is an autonomous association of persons united voluntarily to get their common economic, social & cultural needs and aspirations through a jointly owned and democratically controlled enterprise."

     संयुक्त राष्ट्र संघ

   सहकारी ब्यवसायले सुन्दर विश्व निर्माण गर्दछ । (सन् २०१२ को अन्तर्राष्ट्रिय सहकारी वर्षको सहकारीको नारा रुपमा)

     पुलिन ग्रिन आईसिए –अध्यक्ष

   सहकारी सामाजिक, आर्थिक विकासको बैकल्पिक मोडल होईन, उत्कृष्ठ मोडल हो ।

     बृहत नेपाली शब्दकोष

ए   क. साथ मिलेर काम गर्ने, साथ साथै काम गर्ने सहयोगी साथी ।

य  सहकारीको उत्पत्ति, विकास, ईतिहास तथा घटनाक्रम

य  अन्तर्राष्ट्रि«य

     सन् १७८९ मा फ्रन्सेली राज्यक्रान्ति शुरु, आन्दोलन सामन्ति उत्पादन सम्वध विरुद्ध केन्द्रित

     वेलायतका समाज सुधारक रवर्ट ओयनबाट औपचारिक रुपमा आधुनिक सहकारीको प्रारम्भ  सर्वप्रथम सन् १८४४ मा कपडा कारखानामा काम गर्ने २८ जना मज्दुरले उपभाक्ता सहकारी भण्डारको स्थापना ।

     The Rochadle Equitable Pioneer Society रोचडेल समतामुलक अग्रणी संस्थाको नामबाट उपभोक्ता सहकारी भण्डारको स्थापना ।

     सन् १८४९ मा जर्मनमा हर्मन शुल्जले बचत तथा ऋणको कारोवार गर्ने सहकारी प्रकृतिको संस्था गठन र सञ्चालन

     सन् १८७९ मा जापानमा उपभोक्ता सहकारी स्थापना

     सन् १८८२ मा डेनमार्कमा दुग्ध सहकारी स्थापना 

     सन् १८९५ को ९ अगष्टमा लण्डनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA)  को स्थापना भएको हो

     सन् १८९६ मा आई.सी.ए द्धारा राजनीतिक तटस्थता रहने निर्णय ।

     सन् १९०४ मा भारतमा ऋण सहकारी ऐन जारी ।

     सन् १९२२ मा अन्तर्राष्ट्रिय बैकिङ्ग विभाग गठन ।

     सन् १९२३ मा प्रथम आई.सी.ए सहकारी दिवश सम्पन्न ।

     सन् १९३४ मा आई.सी.ए द्धारा सहकारी सिद्धान्त अनुमोदन ।

     सन् १९६६ मा सहकारी सिद्धान्तको दोश्रो पटक संसोधन ।

     सन् १९६८ मा भारतको नयाँ दिल्लीमा आई.सी.ए को एसिया प्रसान्त क्षेत्रको क्षेत्रीय कार्यालय स्थापना ।

     सन् १९८२ मा आई.सी.ए को केन्द्रिय कार्यालय लण्डनबाट स्वीजरल्याण्डको जेनेभामा स्थान्तरण ।

     सन् १९९२ मा चीनमा आधुनिक कृषि सहकारी

     जापान, ईजरायल र भारतको कृषि सहकारीको विकास व्यापकता

     सन १९९५ मा सहकारीको सिद्धान्तमा समुदाय प्रति चासो भन्ने बुँदा थप, संयुक्त राष्ट्रसंघ द्धारा प्रथम यु.एन सहकारी दिन UN First Cooperative dayमनाउने घोषणा ।

     सन् २००९ मा संयुक्त राष्ट्रसंघ द्धारा सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा ।

     सन् २०११ मा मेक्सीकोमा सम्पन्न आई.सी.ए को साधारण सभाबाट सन २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको विधिवत प्रारम्भ भएको घोषणा

     ICAमा सन 20 February 2012सम्म ९१ देशका २४५ राष्ट्रि«य स्तरका संघ संस्थाहरु आबध्द भईसकेका छन ।

     ICAको प्रधान कार्यालय ः स्वीजरल्याण्डको जेनेभा

     क्षेत्रीय कार्यालय  ४ वटा

     एशिया तथा प्रशान्तक्षत्रको कार्यालय  भारतको नयां दिल्लीमा

     हाल विश्वभर १ अर्व भन्दा वढि मानिसहरु सहकारी संस्थाको सदस्य वनिसकेका छन ।

     विश्वमा सहकारीले १० करोड भन्दा वढि व्यक्तिलाई रोजगारी दिएको छ,जुन बहुराष्ट्रिय कम्पनिको भन्दा २०५ बढि हो ।

य  राष्ट्रि«य

     वि.सं.२००० मा तत्कालिन राणा सरकारका मेजर जनरल विजयले सरदार भिमबहादुर पाँडेलाई पत्र लेखि औधोगिक तथा सहकारी सम्भाब्यता बारे अध्ययन गर्न निर्देशन दिएको पाईएको ।

     वि.सं.२०१० मा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना ।

     वि.सं.२०१३ सालमा चितवनको बखानपुरमा बचत ऋण सहकारीको गठन ।

     वि.सं.२०१६ सालमा पहिलो सहकारी संस्था ऐन जारी ।

     वि.सं.२०१८मा सहकारी संस्था नियम २०१८ जारी ।

     वि.सं.२०१८ मा सहकारी विकास कोषको स्थापना ।

     वि.सं.२०१८ मा साझा संस्था लिमिटेडको स्थापना ।

     वि.सं.२०१९ मा सहकारी प्रशिक्षण केन्द्रको स्थापना ।

     वि.सं. २०१९मा सहकारी बैंक ऐन २०१९ जारी ।

     वि.सं.२०२० मा सहकारी बैंक स्थापना ।

     वि.सं.२०२४ मा सहकारी बैंकलाई कृषि विकास बैंकमा परिणत गरेको ।

     वि.सं.२०२६ मा सहकारी विभागलाई भूमिसुधार मन्त्रालय मातहतमा राखिएको ।

     वि.सं.२०२७ मा सहकारी संस्था ऐन २०१६ मा दोश्रो संसोधन ।

     वि.सं.२०४१ मा साझा संंस्था ऐन २०४१ जारी ।

     वि.सं.२०४९ मा सालमा सहकारी ऐन २०४८ जारी ।

     वि.सं.२०५० मा सहकारी संस्था नियमावली २०४९ जारी ।

     वि.सं.२०५० मा राष्ट्रि«य सहकारी संघको गठन ।

     वि.स २०५४ मा नेपालले आइ.सि ए को सदस्यता प्राप्त गरेको ।

     वि.सं.२०६० मा सहकारी संघ संस्था र नेपाल सरकारको संयुक्त लगानीमा राष्ट्रिय सहकारी बैंकको स्थापना ।

     वि.सं.२०६४ मा नेपालको अन्तरिम संविधान २०६३ मा सहकारी अर्थतन्त्रलाई मान्यता प्रधान ।

     वि.सं.२०६८ मा आ.व ०६८÷०६९को वजेटमा सहकारीलाई ३ खम्वे अर्थनीति अनुसार विशेष प्राथमिकता ।

     वि.सं.२०६८ मा नेपाल सरकारद्धारा सन् २०१२ लाई संयुक्त राष्ट्रसंघको घोषणा वमोजिम अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउन कृषि तथा सहकारी मन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन ।

     २०४८ साल अगाडि सम्म नेपाल अधिराज्यभर ८३० वटा सहकारी संघ÷संस्थाहरु सञ्चालित रहेका थिए । वि.सं २०४८ साल पछि सहकारी ऐन २०४८ एवम् सहकारी नियमावलि २०४९ जारी भयो । यस पश्चात सहकारी संघ संस्थाहरुलाई स्वायत्तता प्रदान र समुदाय बाटै स्वःस्फुर्तरुपमा सहकारी संस्था गठन र सञ्चालन गर्न सकिने ब्यवस्था गरेको छ । २०४८ साल पछि विभिन्न प्रकृतिका सहकारी संघ संस्थाहरुको गठन र सञ्चालनमा तिव्रता आई २०६९ साल आषाढ मसान्त सम्म प्रारम्भिक सहकारी सहकारी संस्थाहरुको संख्या २६५०१ पुगेको छ ।       सहकारीका मुल्यहरु

१) आधार मूल्यहरु (Basic values)

२) नैतिक मूल्यहरु (Ethical Values)

     आधार मूल्यहरु (Basic values)सहकारी संस्थासंग आधारित मूल्य जसले सहकारी संस्था र सदस्यहरु वीचको सम्वन्ध स्थापित गर्दछ । आधार मूल्यले सहकारी संस्थाको जगको रुपमा काम गर्दछ ।

१)  आत्मसहयोग÷स्वबलम्वन (Self Help)वास्तवमा कोही पनि आफैंमा पूर्ण हुदैन अरुको भर पनि पर्नुपर्ने हुन्छ । तर सहकारीको यस मूल्यले आफ्नो लागि आफैले काम गर्नु पर्छ भन्ने मान्यता राख्दछ । अरुले सहयोग गरिदेलान भन्ने सोचले सहकारी संस्था स्थापना गरिदैन ।

२)  स्व–उत्तरदायित्व (Self-Responsibility)सहकारी संस्थामा जिम्मेवारी र स्व उत्तरदायि सहकारी संस्थाका सदस्यहरुले नै लिनु पर्दछ । सदस्यद्धारा नै नियन्त्रीत तथा सम्पूर्ण क्रियाकलापहरुको जिम्मा सदस्यहरुद्धारा नै लिईने हुंदा यसमा स्व उत्तरदायित्वको भावना अधिक रहन्छ ।

३)  प्रजातन्त्र (Democracy) ः संस्थाका सबै सदस्यहरु समान हुन्छन । सबैलाई आफ्नो विचार अभिब्यक्ति गर्ने  स्वतन्त्रता हुन्छ । सहकारी संस्थामा एक व्यक्ति एक मतको सिद्धान्तले काम गर्दछ । सदस्यहरुद्धारा गठित सञ्चालन समितिबाट नै सहकारी संस्था सञ्चालन हुने भएकाले सदस्यहरुको प्रत्यक्ष सहभागिता रहन्छ ।

४)  समानता (Equality) ः सहकारी संस्था समानताको भावनाबाट पेरित हुन्छ । विभेदपूर्ण ब्यवहार सदस्यहरुमा गरिदैन । आर्थिक, सामाजिक, साँस्कृतिक, लैङ्गिक ,राजनीतिक, धार्मिक , जात भात , वर्ण आदिका आधारमा भेदभाब गरिदैन ।

५)  न्याय (Justice) ः सहकारी संस्थामा सदस्यहरुको योगदानको आधारमा आर्थिक प्रतिफलको न्यायोचित वितरण हुन्छ । सबै सदस्यहरुलाई समान रुपमा प्रतिफल वितरण नगरिकन सदस्यको ब्यवसायिक कारोवारको आधारमा न्याय पूर्ण तवरले प्रतिफलको वितरण गरिन्छ । एउटा सदस्यलाई न्याय गर्दा अर्को सदस्य अन्यायमा पर्दैन ।

६)  ऐक्यवद्धता (Solidarity) ः सहकारी संस्थाका सदस्यहरु आफ्ना साझा आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकता र आकाँक्षा पूर्ति गर्न स्वेच्छाले संगठित भई ऐक्यवद्ध भएका हुन्छन । एकतामा वल हुन्छ भन्ने विश्वास राख्दछन ।

     नैतिक मूल्यहरु (Ethical Values)ः सहकारीको नैतिक मूल्यले सहकारी संघ÷संस्था र समाज बीचको सम्बन्धमा पुलको काम गर्दछ ।

१) ईमान्दारिता (Honesty) ःसहकारी संस्थामा सदस्य–सदस्य बीच पारदर्शिता हुन्छ । आफ्नो भूमिका र जिम्मेवारी संस्थाका सबैले इमान्दारिता पूर्वक निर्वाह गर्दछन । छल कपटले स्थान पाउदैन भन्ने विश्वास राखिन्छ ।

२)  खुला पन (Openness) ः सहकारी संस्थामा सदस्य बन्नका लागि कर काप गरिदैन र सदस्यता त्याग गर्नका लागि पनि बार बन्देज लगाईदैन । संस्थाबाट उपलब्ध सेवा उपयोग गर्न सबैलाई  खुला वातावरण सृजना गरिन्छ । आर्थिक तथा प्रशासनिक कारोवारमा खुलापन रहन्छ । संस्थाको अवस्था र गतिविधिहरु सदस्य र सरोकारबालाले सजिले देख्न र प्राप्त गर्न सकिने ब्यवस्था गरिएको हुन्छ ।

३)  सामाजिक उत्तरदायित्व (Social Responsibilities)ः सहकारी संस्था समुदायमा आधारित हुन्छन । सहकारी संस्था समाजमानै स्थापना गरिने भएकाले  यसका क्रियाकलापबाट समाजलाई हानी नोक्सानी नभई फाईदा पुग्दछ भन्ने मान्यता रहि आएको छ । तसर्थ सहकारी संस्थाले समुदायको समग्र विकास र वातावरणीय पक्षमा सचेत भई सामाजिक उत्तरदायित्व पूरा गर्दछन ।

४)  अरुको हेरचाह (Caring for Other)ः सहकारी संस्थाले आफ्ना सदस्यको हितमा मात्र कार्य नगरी गैर सदस्य तथा समुदायको हितको लागि पनि काम गर्दछन् । बालबालिका, जेष्ठ नागरिक, पछाडि परेको वर्ग, समुदाय र फरक क्षमता भएका समाजका सदस्यको लागि पनि सहकारी संस्थाले ध्यान लिनु पर्दछ ।

     सहकारीका सिद्धान्तहरु

१)  स्वैच्छिक तथा खुला सदस्यता (Voluntary and Open Membership)   

   सहकारी संस्था स्वैच्छिक रुपमा संगठित हुने सदस्यहरुको संगठन हो । संस्थाबाट उपलब्ध हुने सेवा उपयोग गर्न संस्था मार्फत सदस्य तथा समुदायलाई योगदान गर्न र सदस्यको जिम्मेबारी बहन गर्न चाहने सबैका लागि सदस्यता खुला रहन्छ ।

     सदस्य बन्नका लागि कर काप गरिनु तथा लोभ लालच देखाईनु हुदैन ।

     सदस्य बन्नको लागि अनुचित प्राबधान खाख्न हुदैन ।

     सदस्यता त्याग गर्न अनावश्यक बार बन्देज लगाईन नहुने ।

     संस्थाबाट उपलब्ध सेवा उपयोग गर्न सक्ने सबैलाई खुला गरिनु पर्ने ।

     सबै सदस्यहरु जिम्मेबारी लिन तयार हुनु पर्दछ ।

     जिम्मेवारी लिनमा निस्कृय हुने, अरुको आग्रह टार्न र सदस्यताको लागि मात्र सदस्य बन्नु हुदैन ।

     सदस्यता तथा अन्य कार्यहरुमा आर्थिक, सामाजिक, साँस्कृतिक, लैङ्गिक, राजनीतिक, धार्मिक ,जात भात , वर्ण आदिका आधारमा भेदभाब गरिनु हुदैन ।

     ब्यक्तिको स्वतन्त्र निर्णयबाट सदस्य बन्ने बा नबन्ने. निक्र्यैल गरिनु पर्दछ ।

     अरुको दवाव र प्रभावको कारण सदस्य बन्ने बनाईने कार्य गरिनु हुदैन ।

     सदस्यता संस्थाको ब्यवसायिक कारोवार तथा उद्देश्यको सिमा सम्म आवश्यक हुनुपर्दछ ।

२) सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण (Democratic  Member Control)   

   सहकारी संस्थाहरु आफ्ना सदस्यहरुद्धारा नियन्त्रिक प्रजातान्त्रिक संगठन हुन । यी संस्थाका सदस्यहरु आफ्नो संस्थाको नीति तय गर्न र निर्णय गर्ने कार्यमा सक्रिय रुपमा सहभागि हुन्छन । एक ब्यक्ति एक मतको आधारमा सदस्यहरुको समान अधिकार रहन्छ ।

     सहकारीमा सदस्यहरुनै शक्तिका स्रोत हुन ।

     संस्थाको साधारण सभाबाट पारित प्रकृया, नियम अनुसार कार्य हुनु पर्दछ ।

     सेवा उपभोेगकर्ताहरुको रुपमा सदस्यहरुले निर्णय गर्न पाउनु पर्दछ ,थोपरिनु हुदैन ।

     नियन्त्रण गर्ने अधिकार अन्तत् साधारण सभामा हुनु पर्दछ ।

     सञ्चालक समितिमा चुनिने र चुन्ने अधिकार एक ब्यक्ति एक मतका आधारमा हुनु पर्दछ, पूँजिको आधारमा हुनु हुदैन ।

     बैद्यानिक तथा प्रजातान्त्रिक निर्वाचन प्रणालीवाट सञ्चालकहरुको छनौट गरिने ब्यवस्था हुनु पर्दछ ।

     निर्बाचित प्रतिनिधिहरुले साधारण सभाले प्रदान गरेको अधिकारका आधारमा निर्णय गर्ने तथा अन्य सम्पूर्ण कार्य गर्नु पर्दछ ,कुनै सदस्य, समुह वा बाह्यि हस्तक्षेपका आधारमा गर्नु हुदैन ।

     साधारण सभा प्रति निर्बाचित सबै प्रतिनिधि तथा कर्मचारीहरु उत्तरदायि हुनु पर्दछ ।

     आकस्मिक रुपमा संस्थाको भलोका लागि गरिएका कार्यहरु साधारण सभाबाट अनुमोदन गरिनु पर्दछ ।

     संस्थाका सबै काम कारवाहिमा पारदर्शिता कायम हुनु पर्दछ ।

३) सदस्यहरुको आर्थिक सहभागिता ( Member Economic Participation)

   सहकारी संस्थाका सदस्यहरु आफ्नो संस्थाको लागि आबश्यक पूँजी निर्माणमा आर्फै सहभागि हुन्छन । संस्थाको पूँजिमाथि प्रजातान्त्रिक नियन्त्रण राख्दछन । कम्तिमा यस पूँजिको केहि भाग सहकारी संस्थाको साझा सम्पत्ति हुन्छ ।

     सहकारीको ब्यवसाय सञ्चालन गर्न सदस्यहरुबाट लगानीहुनु पर्ने ।

     संस्थाको पूँजी निर्माणको प्रमूख आधार सदस्यहरुको योगदानबाट नै हुन्छ ।

     पूँजी संकलन, परिचालन र वितरणमा सदस्यहरुको नियन्त्रण हुने ।

     लाभांस र संरक्षित पूँजी कोषको वितरण सदस्यहरुको योगदानको आधारमा गरिने ।

     जगेडा कोष जुन संस्थागत विकासमा उपयोग गरिने ।

     विभिन्न अन्य कोष जुन सदस्यहरुको निर्णय अनुसार सदस्य, संस्था र सामाजिक हितका लागि परिचालन गरिने ।

     प्रत्येक सदस्यले संस्थाको उत्पादन, आपूर्तिकर्ता र उपभोक्ताको रुपमा हैसियत राख्ने

     नाफा कम, संस्थाको दिगो विकास (संस्थागत ब्यवसाय) गर्न तर्फ पूँजी परिचालन गरिने ।

     संस्था धनी हुने तर्फ भन्दा सदस्यहरुको अवस्थामा सुधार गर्न तर्फ ध्यान दिनु पर्ने ।

४) स्वायत्तता र स्वतन्त्र (Autonomy and Independence)

   सहकारी संस्थाहरु आफ्ना सदस्यहरुद्धारा नियन्त्रित स्वायत्त तथा स्वतन्त्र हुन्छन । संस्थागत सुशासनका लागि नीति निर्माण गर्न स्वायत्त र कार्यान्वयन गर्न स्वतन्त्र हुन्छन ।

     सदस्यहरुद्धारा नियन्त्रित, स्वतन्त्रर आत्म सहयोगि संगठनको रुपमा सहकारी संस्थाहरु सञ्चालित हुने ।

     आफ्नो लागि शासन गर्ने नियम, विनियम, प्रचलित कानुन अन्तरगत रहि बनाउन सहकारी संस्थाहरु स्वायत्त हुन्छन ।

     निर्वाचित प्रतिनिधिहरु विभिन्न कारोबार, पूँजी सृजना ,परिचालन तथा लेन देनको निर्णय गर्न स्वायत्त र स्वतन्त्र हुने ।

     आन्तरिक स्रोत परिचालनमा जोड, आर्थिक आत्म निर्भरता बढाई परनिर्भरता हटाउन प्रयास गर्ने

     संस्थाले सदस्य र संस्थाका हितका खातिर ब्यक्तिको सरह कानुनी अधिकार प्रयोग गर्न सक्ने ।

     सरकारले सहकारी कानुन अनुसार मात्र नियन्त्रण गर्ने

     सहकारी कानुन भित्र गरिने संस्थाको निर्णय अन्तिम निर्णय हुने ।

५) शिक्षा, तालिम तथा सूचना (Education, Training and Information )

   सहकारी संस्थाले आफ्नो विकासका लागि प्रभावकारी योगदानमा सहयोग पु¥याउने हिसावले संस्थाका पदाधिकारीहरु, , सदस्यहरु ,कर्मचारी तथा सहकारीकर्मीहरुलाई सहकारी शिक्षा तथा तालिम उपलब्ध गराउँदछन ।

     सांगठनिक, ब्यवसायिक र सामाजिक स्तर बढाउन सहकारी शिक्षा तथा तालिम कार्यव्रmमहरु सञ्चालक एवम् सदस्य र कर्मचारी बीचमा निरन्तर सञ्चालन गरिनु पर्ने ।

     समसामयिक रुपमा भएका परिवर्तन सम्बन्धी सूचनाको निरन्तर सदस्यहरु बीच आदान प्रदान गर्नु पर्ने ।

     ब्यवस्थापन प्रणालीका नविन अवधारणा अनुसार संस्थाको ब्यवस्थापन सम्विन्धि तालिमहरु सञ्चालन गरिनु पर्ने ।

     कर्मचारी, प्रवन्धकलाई ब्यवसायिक तथा अन्य कार्य विशेषको तालिम प्रदान गरिनु पर्ने ।

     सदस्यहरुलाई ब्यवसायिक प्रविधि, नेतृत्व विकास तथा उद्यमशिलता सम्बन्धी शिक्षा, तालिम र सूचना प्रदान गरिनु पर्ने ।

     युवा नेता तथा बैचारिक नेतालाई जानकारी र सचेतना बढाउने खालका तालिमहरु सञ्चालन गरिनु पर्ने ।

     सहकारी शिक्षाका लागि निश्चित रकम छुट्याउनु पर्ने ।

६) सहकारीहरु बीच पारस्परिक सहयोग (Cooperation among Cooperatives)

   सहकारी संस्थाहरुले प्रभावकारी रुपमा आफ्ना सदस्यहरुलाई सेवा पु¥याई स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्रााष्ट्रिय संरचनाहरु बनाई आपसमा मिलेर सहकारी आन्दोलन लाई सुदृढ गर्दछन । सहकारीका सदस्यहरु बीचको सहकार्य गर्ने बातावरण बनाई एक आपसमा सहयोग समेत आदन प्रदान गर्दछन ।

     समान स्तरका सहकारी संस्था र संगठन भित्रका जिल्ला स्तरिय तथा केन्द्रिय संघहरु संग ठाडो र ते¥स्रो सहयोग र सम्बन्ध विकास र विस्तार गर्नुपर्ने ।

     मिल्दो जुल्दो ब्यवसाय गर्ने सहकारी संस्थाबीच ब्यवसायिक सहयोग र सम्बन्ध तथा सञ्जाल निर्माण गरी निरन्तर तथा प्रभावकारी समन्वय गरिनु पर्ने ।

     सहकारी संस्थाहरु बीच विषयगत समानताका आधारमा आर्थिक सहयोग आदन प्रदान गर्ने ।

     निशुल्क वा सशुल्क प्राविधिक परामर्श र सहयोग जारी राख्नु पर्ने ।

     प्रतिस्पर्धालाई परस्पर सहयोग मार्फत सहअस्तित्व र सामुहिक भलाईको रुपमा उपयोग गरिनु पर्ने ।

     अन्य सहकारी संघ संस्थाहरु संगको सहयोगको ढाँचा विस्तार गरिनु पर्ने ।

     सहकारी वजार सूचनाको आदना प्रदान र सोको प्रणाली विकास गर्ने ।

७) समुदाय प्रति चासो (Concern for  Cooperative)

   सहकारी संस्थाहरुले आफ्नो संस्थाको निर्धारित नीतिको आधारमा आफ्ना सदस्यहरुको दिगो विकासका लागि कार्यहरु गर्दछन । समुदायको विकास र वातावरणीय पक्षमा सचेत भई सामाजिक उत्तरदायित्व पूरा गर्दछन ।

     सन् १९९५ को महासभाबाट थपिएको सिद्धान्त

     सहकारीहरु समुदायमा स्थापित भएका हुन्छन तसर्थ सहकारीहरुले समुदायHereको आवश्यकतामा ध्यान पु¥याउनु पर्दछ ।

     सहकारी ब्यवसायबाट भएको नाफाको हिस्सावाट । वा मानविय शक्ति परिचालन तथा अन्य स्वीकार्य विधिहरुबाट सम्पन्न हुन्छन ।

     सहकारी संस्थाहरु सदस्यको आर्थिक तथा सामाजिक हितमा जिम्मेबार हुनु पर्ने ।

     पिछडिएको समुदायलाई सहकारीताको शिक्षा दिई आत्मनिर्भर बनाउने तर्फ कार्य गर्नु पर्छ ।

     सदस्यका हितका खातिर वातावरण संरक्षण तथा अन्य प्रकृतिक स्रोत संरक्षण शिक्षाको प्रचार प्रसार, दिगो विकास आदि गैर ब्यवसायिक क्रियाकलापमा सम्लग्न हुन सकिने ।

     सामाजिक पूर्वाधारको विकासमा जोड दिने ।

     स्थानीय श्रोत साधनको विकास, उपयोग एवम् सम्वर्धनमा ध्यान दिने ।

     समुदाय प्रतिको सरोकार कुन हद सम्म राख्नेमा सचेत हुने,किन कि सदस्यहरुको भलाईबाट नै समुदाय प्रतिको दायितव पनि निर्बाह भै रहेको हुन्छ । साथै सदस्यहरुको हित विना संस्थाको अस्तित्वनै संकटमा पर्दछ ।

     सहकारीको हितमा ध्यान दिदै समुदायको हितमा कार्यहरु गर्ने ।

   सहकारी र अन्य ब्यवसाय बीचको फरक

   सहकारी संस्था एउटा सामुदायिक ब्यवसायिक संस्था हो । सहकारी व्यवसाय र अन्य  ब्यवसायको वारेमा जानकारी पाउन समग्र ब्यवसायको अध्ययन गर्न जरुरी छ । जस अनुसार सहकारी र अन्य ब्यवसाय बीचको फरक निम्नानुसार छ ।

Click Here

सम्पर्क ठेगाना

Lalitpur-14, Mahalaxmisthan
Phone No:977-01-5522381
Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.
This email address is being protected from spambots. You need JavaScript enabled to view it.
This email address is being protected from spambots. You need JavaScript enabled to view it.